तीज पर्व नेपाली
महिलाहरु बिचमा प्रख्यात चाड हो । यो हिन्दु धर्माम्बलम्बिहरु बिषेश गरेर
खस-आर्यहरुले मान्ने गरिन्छ । यो पर्व भाद्र महिनाको शुक्ल पक्षको
तृतीयाको दिनमा पर्छ । हिन्दु ग्रन्थ "स्वस्थानी" अनुसार हिमालय पर्वतकी
छोरी पार्वतीले शिवजीलाई आफ्नो वर पाउन गरेको ब्रतको रुपमा लिने गरिन्छ ।
यो ब्रतलाई हरितालिका तिज ब्रत पनि भनिन्छ । बिशेष गरेर विवाहित र अविवाहित
दुबै थरिका महिलाहरु यो ब्रत लिने गर्छन । यो ब्रतको असरले अविवाहित
महिलाले असल वर पाउने विवाहितको हकमा श्रीमान दिर्घायु हुने विश्वास गरिन्छ
।तिजको एक दिन अगाडिको दिनलाई दरखाने दिन भनिन्छ । यो दिनमा महिलाहरुलाई आ-आफ्नो माईतीबाट बोलाई पठाउने चलन हुन्छ । उनिहरु आफू हुर्केको बढेको माईती गाऊँमा आफ्ना बाल्यकालका संगिनिहरु संग भेटघाट हुने हुनाले यो दिन महिलाहरु धेरै उत्सुक हुने गर्दछन । दर खाने दिन प्रारंम्भिक रुपमा भोलिको दिनमा हुने तीज ब्रतको तयारीको रुपमा लिने गरिन्छ । माईतीमा जानेहरु माईतीमा जान नसक्नेहरु श्रीमान कै घरमा दरखाने दिन मनाउँछन । दरखाने दिनमा ब्रत वस्ने महिलाहरु सामान्य दिनमा भन्दा धेरै पोषिलो, मिठो अनि धेरै मात्रामा खाने गर्दछन ।
ब्रत बस्ने दिनमा विहान स्नान गरेर रातो पहिरन सारी, चुरा पोते लगाएर नजीकको शिव मन्दिरमा पुजा आराधना गर्छन । दिनभर पानी पनि नपिएर यिनिहरु कठोर ब्रतमा बस्ने गर्छन । यसै क्रममा यिनिहरु नाचगान गर्ने पनि चलन छ । यि नाचगानको भाषा शैली लोक शैली भएपनि महिलाहरु आ-आफ्नो दुखः बेदनाहरु यसै तीज गीतद्वारा आफ्ना संगिनीहरु बिचमा पोख्छन । कहिं कहिं असमान्य अलि उछृंगल तरिकाले नाच्ने गाउनेहरु पनि हुन्छन भन्ने सुनिन्छ । दिनभरि ब्रत अनि नाचगान पछि अन्तमा ब्रत तोडेर यो पर्व सकिन्छ । पुजा आराधना लगातार भोली पल्ट गणेश चतुर्थी अनि पर्सी पल्ट ऋषि पंचमीको दिन सम्म पनि हुने गर्दछ ।
आजभोली सम्भ्रान्त महिलाहरु दरखाने पर्वलाई तडक भडक रुपमा मनाउने, वीयर रक्सीका साथ पार्टिहरु गर्ने चलन बदेको देखिएको छ । यो समाजको लागि नकरात्मक छ ।
तीज मनाउनु , छठ मनाउनु वा कुनै पनि गैरजातिको चाड मनाउनु आदि कुराहरु सद्भावी कुराहरु हुन सक्ला, तर यो भनि रहँदा अन्धाधुन्ध बिकृतिहरुको अनुसरण, नचाहिने कुरापनि यो संगै जोडिदै जानु राम्रो मान्न सकिन्न । तिजलाई बाध्यत्मक रुपमा पनि हेर्ने गरिन्छ, स्वास्थ्य नराम्रो हुनेले पनि सकि नसकि यो गरेको पाईन्छ । एकातिर नारी अधिकारको कुरा चल्छ, अर्को तिर नारी आफै अत्यन्त दर्दनीय तरिकाबाट आफ्नो स्थान पुरुष भन्दा धेरै तल परेको कुरा स्वीकार्न पुग्छ । यो बिरोधाषपूर्ण कुराहरु हुन ।
एकातिर तिजमा महिलालाई छुट्टि दिएर यस्लाई प्रवर्धन गर्ने वातावरण दिएको पाइएको छ, यस्तै प्रकृतिको चाड अरु समुदायमा छ भने त्यसलाइ पनि ध्यान दिनु पर्ने देखिन्छ ।
यस्तै सामाजिक न्यायका कुराहरु गर्ने हो भने थुप्रै छन ।
जसले जे सुकै भनेपनि यो तिज, छठ पर्व र यस्तै प्रकृतिका चाडहरुलाई पुरुषको दासत्व स्वीकार गर्ने पर्वको रुपमा नभै महिलाहरुलाइ पुरुष दासत्वबाट मुक्त गर्ने सशक्त आन्दोलन, सशक्त चेतनाको प्रवाह गर्ने अवसरको रुपमा प्रयोग गर्न सकिने कुरालाई भने नकार्न सकिन्न ।
No comments:
Post a Comment