Friday, July 4, 2014

हरितालिका तिज

हरितालिका तिज  -  प्रमोद श्रेष्ठ​

तीज पर्व नेपाली महिलाहरु बिचमा प्रख्यात चाड हो । यो हिन्दु धर्माम्बलम्बिहरु बिषेश गरेर खस​-आर्यहरुले मान्ने गरिन्छ । यो पर्व भाद्र महिनाको शुक्ल पक्षको तृतीयाको दिनमा पर्छ । हिन्दु ग्रन्थ "स्वस्थानी" अनुसार हिमालय पर्वतकी छोरी पार्वतीले शिवजीलाई आफ्नो वर पाउन गरेको ब्रतको रुपमा लिने गरिन्छ । यो ब्रतलाई हरितालिका तिज ब्रत पनि भनिन्छ । बिशेष गरेर विवाहित र अविवाहित दुबै थरिका महिलाहरु यो ब्रत लिने गर्छन । यो ब्रतको असरले अविवाहित महिलाले असल वर पाउने विवाहितको हकमा श्रीमान दिर्घायु हुने विश्वास गरिन्छ ।